गएको अगष्ट ६ शनिबार २०१६ का दिन संयुक्त राज्य अमेरिकाको बोस्टन शहर स्थित एभरेटमा हिमलयन हेरिटेज कल्चरल एकेडेमी (नेपाली सङ्गीत तथा नृत्य स्कुल)को समुदघाटन भएको छ । बिदेशी भूमिमा नेपाली कला, साहित्य, सङ्गीत र नृत्य बचाउन र भावी पुस्तालाई आफ्नो नेपाली भाषासङ्ग परिचित गराउने उदेश्यले स्थापना गरिएको हो ।
कार्यक्रमको बिशेष अतिथिहरूमा बरिष्ट चित्रकार उत्तम नेपाली नेपाली, चलचित्र क्षेत्रका बरिष्ट नृत्य निर्देशक बसन्त श्रेष्ठ, नेपाली भाषी भूटानी प्रथम गायक प्रताप सुब्बा हुनु हुन्थ्यो । कार्यक्रममा गायक प्रताप सुब्बाले सुमधुर गायन पनि प्रस्तुत गर्नु भएको थियो । स्कुलका विध्यार्थीहरूबाट नेपाली राष्ट्रियगानको धुनबाट सुरु गरिएको कार्यक्रममा विध्यार्थीहरूले सुन्दर सङ्गीत तथा नृत्य प्रस्तुत गरेका थिए । बरिष्ट चित्रकार उतम नेपालीले कलाकारहरूको प्रत्यक्ष्य सङ्गीतसङ्गै क्यानभासमा सुन्दर पेन्टिङ गर्नु भएको थियो । पेन्सिलभेनियबाट आएका 'सौगात ईन्टरटेन्मेन्ट'का लोकप्रिय कलकारहरू हिरा रसाईली, नन्द लगुन, घनश्याम रसाईली, सागर शंकरले पनि आफ्नो बेजोड नृत्य प्रस्तुति दिएका थिए साथै हिरा रसाईलीले आफ्नो उत्कृष्ट गायकी प्रस्तुत गरेकी थिईन् । उक्त कार्यक्रममा स्कुलका शिक्षकहरू श्याम नेपाली, रन्जन बुढाथोकी, नन्दु शंकर, मणीराज लामिछाने, प्रियान्त सुन्दासले पनि गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा बिभिन्न क्षेत्रका महानुभावहरूको बाक्लो उपस्थिती थियो, सबैले स्कुलको खुलेर प्रसंशा गरेका थिए भने बधाई र शुभकामना दिनेहरूको पनि भीड थियो । कार्यक्रमको सभापतित्व लोकप्रिय सारङ्गीवादक श्याम नेपालीले, स्वागत मन्तब्य एकेडेमीका सुरेश वाग्लेले तथा कार्यक्रम सन्चालन धन लेप्चाले गरेका थिए । News from www.nepaliwebsite.com
0 Comments
|
AuthorWrite something about yourself. No need to be fancy, just an overview. ArchivesCategories |