Himalayan Heritage Cultural Academy
  • Home
  • About
  • Classes
  • News
  • Gallery
  • Store
  • Contact
  • Our Studio
  • Login
    • Student/Parents login
    • Staff Login

बोस्टनमा नेपाली स्कुल खुल्यो

1/21/2017

0 Comments

 
Picture
गएको अगष्ट ६ शनिबार २०१६ का दिन संयुक्त राज्य अमेरिकाको बोस्टन शहर स्थित एभरेटमा हिमलयन हेरिटेज कल्चरल एकेडेमी (नेपाली सङ्गीत तथा नृत्य स्कुल)को समुदघाटन भएको छ । बिदेशी भूमिमा नेपाली कला, साहित्य, सङ्गीत र नृत्य बचाउन र भावी पुस्तालाई आफ्नो नेपाली भाषासङ्ग परिचित गराउने उदेश्यले स्थापना गरिएको हो ।
 कार्यक्रमको बिशेष अतिथिहरूमा बरिष्ट चित्रकार उत्तम नेपाली नेपाली, चलचित्र क्षेत्रका बरिष्ट नृत्य निर्देशक बसन्त श्रेष्ठ, नेपाली भाषी भूटानी प्रथम गायक प्रताप सुब्बा हुनु हुन्थ्यो । कार्यक्रममा गायक प्रताप सुब्बाले सुमधुर गायन पनि प्रस्तुत गर्नु भएको थियो ।
स्कुलका विध्यार्थीहरूबाट नेपाली राष्ट्रियगानको धुनबाट सुरु गरिएको कार्यक्रममा विध्यार्थीहरूले सुन्दर सङ्गीत तथा नृत्य प्रस्तुत गरेका थिए । बरिष्ट चित्रकार उतम नेपालीले कलाकारहरूको प्रत्यक्ष्य सङ्गीतसङ्गै क्यानभासमा सुन्दर पेन्टिङ गर्नु भएको थियो । पेन्सिलभेनियबाट आएका 'सौगात ईन्टरटेन्मेन्ट'का लोकप्रिय कलकारहरू हिरा रसाईली, नन्द लगुन, घनश्याम रसाईली, सागर शंकरले पनि आफ्नो बेजोड नृत्य प्रस्तुति दिएका थिए साथै हिरा रसाईलीले आफ्नो उत्कृष्ट गायकी प्रस्तुत गरेकी थिईन् ।
उक्त कार्यक्रममा स्कुलका शिक्षकहरू श्याम नेपाली, रन्जन बुढाथोकी, नन्दु शंकर, मणीराज लामिछाने, प्रियान्त सुन्दासले पनि गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा बिभिन्न क्षेत्रका महानुभावहरूको बाक्लो उपस्थिती थियो, सबैले स्कुलको खुलेर प्रसंशा गरेका थिए भने बधाई र शुभकामना दिनेहरूको पनि भीड थियो । कार्यक्रमको सभापतित्व लोकप्रिय सारङ्गीवादक श्याम नेपालीले, स्वागत मन्तब्य एकेडेमीका सुरेश वाग्लेले तथा कार्यक्रम सन्चालन धन लेप्चाले गरेका थिए ।
​                                                                                           News from www.nepaliwebsite.com
0 Comments

    Author

    Write something about yourself. No need to be fancy, just an overview.

    Archives

    January 2017

    Categories

    All
    HHCA
    Music

    RSS Feed

Site Map

Home
​About
Classes
News
Gallery
Store
Contact

​Enroll Now
Student/Parents login
​Staff Login
​

Himalayan  cultural academy

68 Broadway, Arlington, MA 02474
​Phone: ((617) 615-6697
himcultureacademy@gmail.com

Contact Us

    Subscribe Today!

Submit
  • Home
  • About
  • Classes
  • News
  • Gallery
  • Store
  • Contact
  • Our Studio
  • Login
    • Student/Parents login
    • Staff Login